काठमाडौं /
सरकारले भारत, चीन र अमेरिकासहित १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकका लागि प्रस्तावित राजदूतहरूको नाम सिफारिस गरेको हो।सिंहदबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो। बैठकले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजङ्ग थापालाई राजदूतमा सिफारिस गरेको छ।मन्त्रिपरिषद्बाट सिफारिस भएका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्ने भएको हो। त्यसपछि सम्बन्धित देशबाट सहमति एग्रिमो आएपछि राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गर्नुहुने भएको छ।सिफारिस गरिएका राजदूतको नाम र देशसहित तल उल्लेख गरिएको छ .

१। डा.निश्चलनाथ पाण्डे – भारत
२। डा. कल्याणराज शर्मा – चीन
३। चिरनजङ्ग थापा – अमेरिका
४। गौरव शमशेर जबरा – बेलायत
५। जिग्यानकुमार थापा – जापान
६। सुरेशकुमार कर्ण – इजरायल
७। प्राप्ति शेरचन – स्पेन
८। शरू जोशी – जर्मनी
९। डा। पद्माक्षी राणा – ओमान
१०। चूडामणि खरेल – मलेशिया
११। प्रा. डा. सङ्गम श्रेष्ठ – दक्षिण कोरिया
१२। डा. मञ्चला झा – श्रीलङ्का
१३। गिरीबहादुर सुनार(साउदी अरेबिया





