काठमाडौं/
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिंदै जानुभएको छ ।१४ औं महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्कासहितका शीर्ष नेताहरु संस्थापन पक्षसँग जोडिएका छन् । देउवासँग अब पाँच पूर्वपदाधिकारीसहित केही नेताहरु मात्रै बाँकी छन् ।पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठोर, महेन्द्र यादव, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे, मीनबहादुर विश्वकर्मा लगायतका नेताहरु देउवाको साथ छाडेर संस्थापनतर्फ लागेका छन् ।देउवा पक्षले पहिले उठाएको मागअनुसार विशेष महाधिवेशनअघि कायम रहेका पदाधिकारी तथा सदस्यलाई वर्तमान कार्यसमितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णयपछि एकैसाथ देउवा पक्षका नेताहरु संस्थापनतिर लागेका हुन् ।देउवाको साथमा अब शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशरण महत, एनपी साउद, रमेश लेखक, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, भीमसेनदास प्रधान, दीपक खड्का लगायतका नेताहरु मात्रै बाँकी छन् ।






