काठमाडौँ/
कार्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन अध्यागमन विभागले आग्रह गरेको छ। विभागले मगंलबार एक सूचना जारी गर्दै कार्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको छ।

विभागले जारी गरेको सूचनामा पर्यटकहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान र गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ।‘कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिएका पदयात्रीले सम्भावित जोखिम न्यूनीकरणको लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ,’सूचनामा भनिएको छ।





