काठमाडौँ/
नेपाल प्रिमियर लिग एनपिएल ३ मा चितवन राइनोजले मङगलबार विराटनगर किङ्सलाई आठ रनले हराएर विजयी सुरुआत गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा प्रतिस्पर्धात्मक १५७ रनको स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजका सुपरस्टार अलराउन्डर आन्द्रे रसेलको विस्फोटक पालि हुँदाहुँदै विराटनगर किङ्स जवाफमा तीन बल अघि नै १४९ रनमा समेटियो । विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३, लोकेश बलमे २६ रन बनाए । चितवनका कमल ऐरीले ४, रिजन ढकालले २ विकेट लिए ।एक समय ५ विकेट गुमाएर १३२ रनको अवस्थामा रहेको विराटनगरले त्यसपछि १७ रन जोड्दा बाँकी सबै विकेट गुमाउन पुग्यो ।यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले ७० रन बनाए । विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले १र१ विकेट लिए ।एनपीएलमा आजको दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे शुरू हुनेछ ।एनपीएल हिजोदेखि शुरू भएको हो । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी शुरुआत गरेको छ ।






