नारायण दुलाल/ काठमाण्डौ
भोटेकोसी बाढीपीडितलाई परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाण्डौले राहत सामग्री हस्तान्तरण गरेको हो।परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका अध्यक्ष तेजेन्द्र गौतम द्वारा,जिल्ला प्रशासन कार्यलय नुवाकोट विदुर,राहत संकलन तथा वितरण केन्द्रका संयोजक होम नाथ दाहाल लाई हस्तान्तरण गर्नुभएको हो। राहत सामग्रीहरूमा चामल ,दाल ,तेल रहेको छ।हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष तेजेन्द्र गौतमले यस बिषम परिस्थितिमा पीडितहरूलाई सेवा गर्नु र दुखमा साथ सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको बताउँदै आगामी दिनहरूमा यस किसिमको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनु भयो।

उक्त राहत सामग्री संकलन तथा वितरण केन्द्र का सयोजक होमनाथ दाहाले संस्थाले दिएको राहत सामग्री आउने दशै बाड्नको निम्ति ठुलो सहयोग मिलेको कुरा बताउनुभयो।





