काठमाडौँ/
पार्टीका पदाधिकारीमा एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेदवारीबारे पुनर्विचार गर्न नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आग्रह गर्नुभएको छ । मंगलवार सभापति पदमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पार्टीमा लामो समय योगदान दिएका नेताहरुलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभयो ।उहाँले स्थानीय तहमा मेयर, उपमेयर वा प्रदेश सांसद बन्न चाहने नेताहरूलाई केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगर्न समेत उहाँले सुझाव दिनुभयो । थापाले निर्वाचनमा पराजित भए राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै उम्मेदवारीका विषयमा गम्भीर भएर निर्णय लिन केन्द्रीय सदस्यका सबै प्रत्यासिलाई आग्रह गर्नुभयो । सभापति थापाले पार्टीको संरचनामा जिल्ला र पालिकालाई समेत अधिकार सम्पन्न बनाइएको उल्लेख गर्दै आगामी दिनमा प्रदेश तथा जिल्लामा बसेर पनि पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो ।






