द हिन्दुस्तान टाइम्स/
भारतको राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुख आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शनमा सहभागी हुन जाँदै गरेका १ हजार ५०० जनाभन्दा बढीलाई प्रहरीले शनिबार पक्राउ गरेको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ।प्रहरीका अनुसार दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र प्रहरी बलका ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका हुन्।प्रदर्शनस्थल जन्तरमन्तर र त्यसतर्फ जाने सडकमा ठाउँठाउँमा ब्यारिकेट राखिएका छन् भने संवेदनशील स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, तृणमूल कांग्रेसकी नेता ममता बनर्जी र अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी नेहा बोरासहित विभिन्न नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रदर्शनको आयोजना गरेको कक्रोच जनता पार्टी ९सिजेपी० का नेता अभिजित दिप्के, सौरभ दास र आशुतोष रंकालाई पनि दिल्ली विमानस्थलमा ओर्लिएलगत्तै नियन्त्रणमा लिइएको थियो। सिजेपीले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन ९एसआइआर० प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेको छ।पार्टीले यही माग राखेर मुम्बईमा अक्टोबर २ मा पनि प्रदर्शन गरेको थियो।दिल्ली प्रहरीले भने प्रदर्शनका आयोजकसँग आवश्यक अनुमति नभएको भन्दै जन्तरमन्तरमा प्रदर्शन गर्न नदिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।






