काठमाडौं/
नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेस १५ औै महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरी सर्वसम्मत निर्वाचित भएका छन्। उक्त निर्वाचन क्षेत्रबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन हुने भएपनि विभिन्न कलस्टरबाट ७५ जनाको उम्मेदवारी परेको छ। जसमा विभिन्न कलष्टरबाट ८ जना महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भइसकेका छन्। सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न कलष्टरमा सोमबार मतदान भएको छ। मत परिणाम सोमबार राति अबेरसम्म आउन सक्ने निर्वाचन अधिकृत एंव अधिवक्ता प्रकाश न्यौपानेले जानकारी दिए।






