काठमाडौं/
अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ। आयोगले मंगलबारका लागि पत्र काटेर एसएसपी खड्कालाई सोधपुछका लागि बोलाएको हो।आयोगका सूचना अधिकारी पवनकुमार भट्टले एसएसपीलगायत सरोकारवाला निकायलाई सोधपुछ गर्न बोलाइएको बताए।पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएका बेला आयोगको टेली आइतबार अनुगमन तथा सोधपुछका लागि पुगेको थियो। तर, संवैधानिक तथा कानुनी अधिकार प्राप्त टोलीलाई भेट्न नदिएपछि आयोगले विज्ञप्ति नै निकालेर खेद प्रकट गरेको थियो।






