काठमाडौं/
तेस्रो सिजनको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।कुशल भुर्तेल कप्तान रहेको पोखराले हालसम्म एनपिएलको फाइनलमा स्थान बनाउन सकेको छैन । दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिमले लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा पनि उपाधि जित्न सकेको छैन ।यस सिजनको एनपिएलमा आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान०का अनुसार प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।यसैबिच, श्रीलङ्काका क्रिकेटर सदीरा समरविक्रमाले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।






