चितवन/
चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ११ जना घाइते भएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली दुर्घटनास्थलमा खटिएको छ । अहिले कुरिनटार क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध छ ।घाइतेलाई स्थानीय अस्पताल र कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ ।






