काठमाडौं,/
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिइएको घटनालाई लिएर बालेन सरकारको आलोचना गरेका छन्। सोमवार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद मल्लले सरकारको यस्तो शैलीलाई ‘जङ्गली राज’ को संज्ञा दिएका हुन्।सांसद मल्लले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित व्यक्तित्वमाथि मध्यरातमा गरिएको कारबाहीले लोकतन्त्र, संविधान र विधिको शासनको उपहास गरेको बताए। मल्लले यस्तो प्रतिशोधपूर्ण राजनीतिले भविष्यमा आफैँलाई समेत असर पार्ने चेतावनी दिए।






