खोटाङ/
हलेसी तुवाचुङ नगरपालिका- ३ च्यास्मीटारमा खुकुरी प्रहारबाट प्रहारबाट ४० वर्षीया श्रीमती अञ्जना राई, सासु ६२ वर्षीया सेवन्ता राई, साली २५ वर्षीया टेमिना राई र सालो नरेन्द्र राई गम्भीर घाइते भएका छन्। ४३ वर्षीय नइन्द्रकुमार राईलाई ससुराली घर आहालेमा गएराति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहार जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारैजनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ।घाइतेहरूमध्ये तीन जना अञ्जना राई, सेवन्ता राई र टेमिना राईको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ’, प्रहरी निरीक्षक बस्नेतले आरोपित नइन्द्रकुमार राईलाई गएराति नै नियन्त्रणमा लिएका छौँ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।’खुकुरी प्रहारका घटनामा श्रीमती अञ्जना, सासु सेवन्ता र साली टेमिनाको टाउकोको पछाडिपट्टि र हात तथा सालो नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको छ। घाइतेमध्ये सालो नरेन्द्रको अवस्था सामान्य रहे पनि पीडकले सबैको हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेको पीडित परिवारको आरोप छ। घरभित्र सुतिरहेको अवस्थामा मरनासन्न हुनेगरी अन्दाधुन्द खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त भएको स्थानीयले बताएका छन्। श्रीमतीसँग घरायसी सामान्य विवादपछि अन्दाधुन्ध खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन्।घटनाको अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रहरीले जनाएको छ ।






