काठमाडौं /
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ । प्रदेशका पूर्वभूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थापाले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।नेकपा एमालेबाट सांसद बनेका थापाको राजीनामा स्वीकृत भएसँगै प्रदेशसभा सदस्य पद रिक्त भएको हो ।प्रदेशसभा सचिवालयले थापाले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ । थापाले गत मंगलबार प्रदेशसभाबाट बजेट पारित भएलगत्तै सांसद पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएको तीन दिनपछि स्वीकृत भएको हो । उनको राजीनामा स्वीकृत भएसँगै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ ९क को प्रदेशसभा सदस्य पद रिक्त भएको छ । यससँगै सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेको प्रतिनिधित्व एक सिटले घटेको छ ।






