काठमाडाैं /
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्म निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याइएको हो।मतदानमा एक जना प्रतिनिधिलाई मत खसाल्न कम्तीमा आधा घण्टा लाग्ने र मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन भएपछि समय थप गरिएको हो।केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको जनाएको छ। समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गरी मतदानको समय थप गरिएको जानकारी दिएका हुन्। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्।






