काठमाडौं/
कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पहाड, हिमाल र मधेस तराई गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र सुरु भएको हो ।सुरुआतमा पहाडको बन्दसत्र चलेको छ । बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ । प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिलाई सम्बन्धित हलमा विभाजन गरिएको हो ।हिमाल हलमा कोशी प्रदेशका एक हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी दुई हजार ३३१ प्रतिनिधि सहभागी छन् ।

त्यस्तै, पहाड हलमा बागमती प्रदेशका एक हजार २१७ र लुम्बिनी प्रदेशका एक हजार नौ गरी दुई हजार २२६ प्रतिनिधि सहभागी छन् ।तराई–मधेस हलमा मधेस प्रदेशका एक हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ सङ्गठनका २२५ प्रतिनिधि सहभागी छन् ।बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेस गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव, उपसभापतिले पेस गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।




