काठमाडौं/
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएकाले अब दसैंपछिमात्र शपथको कार्यक्रम गर्ने भनिए पनि सभापतिको शपथ शनिबार गरिने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताएका हुन् । पार्टी कार्यालयले पनि शनिबार दिउँसो सभापतिको शपथग्रहण हुने विज्ञप्ति जारी गरेको छ ।






