काठमाडौं/
दशैँ मनाउन धेरैजसो गाउँघर जाने भएकाले काठमाण्डौ उपत्यकामा अब खपत केहि घट्ने र बाहिरका जिल्लामा केही बढ्न सक्ने निगमले जनाएको छ । काठमाण्डौ उपत्यकामा घटस्थापनादेखि शुरु गरिएको फरक कम्पनीका ग्यास पनि साटफेर गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी छ ।

आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा ११ केन्द्रबाट फरक कम्पनीका ग्यास बिक्रीवितरण गरिँदै आएको थियो । यसअघि पर्सि ३० गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ ।उपभोक्तलाई ग्यास सहज बनाउने प्रयास भैरहेको नेपाल आयल निगमको दाबी छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको छ ।भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उहाँले बताउनुभएको छ । आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न सकेका छैनन् । उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढेको निगम र संघको भनाइ छ ।गएको फागुनयता ग्यासको आपूर्ति सहज हुन सकेको छैन ।





