जनकपुर/
जनकपुर बोल्ट्सले सिजन- ३ का लागि आफ्नो नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ।टाइटल पार्टनरहरुको ब्रान्डिङसहित सार्वजनिक गरिएको जर्सीलाई टोलीले यस सिजनको ‘रिडेम्प्सन’ अभियानसँग जोडेको छ। टोलीको परिचित म्याजेन्टा र नेभी नीलो रङलाई कायम राख्दै यसपटक जर्सीमा सुनौलो रङसमेत थपिएको छ। म्याजेन्टा र नेभी नीलोले जनकपुर बोल्ट्सको पहिचान र शक्तिलाई प्रतिनिधित्व गर्छन् भने सुनौलो रङलाई पुनरागमन र नयाँ लक्ष्यको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। जर्सीको माथिल्लो भागमा परम्परागत बुट्टाको डिजाइन समावेश गरिएको छ भने तल्लो भागमा कमलको मण्डल अंकित छ। त्यस्तै, ट्राउजरमा पनि म्याजेन्टा र सुनौलो रङको संयोजन गरिएको छ। गत सिजनको नतिजाबाट पाठ सिक्दै जनकपुर बोल्ट्सले सिजन ३ लाई ‘रिडेम्प्सन’ अर्थात् पुनरागमनको सिजनका रूपमा अघि बढाउने जनाएको छ।नयाँ जर्सीले टोलीको यही संकल्प र नयाँ यात्रालाई प्रतिबिम्बित गर्ने विश्वास गरिएको छ। जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले नयाँ जर्सी टोलीका लागि केवल पहिरन मात्र नभई सिकाइ, गौरव र लक्ष्यको प्रतीक भएको बताए।






