काठमाडौं/
त्रिभुवन विश्वविद्यालयको शैक्षिकस्तर केही वर्षयता निरन्तर खस्कँदै गएको छ। टाइम्स हायर एजुकेसन वल्र्ड युनिभर्सिटी टीएचई र्याङकिङको पछिल्लो प्रतिवेदनअनुसार त्रिवि इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालयमध्ये १८०१ देखि २००० को समूहमा सीमित भएको छ। त्रिविको ओरालो यात्रा पछिल्ला केही वर्षमा क्रमशः खस्कँदै गएको छ।सन् २०१९ मा पहिलो पटक टीएचईको विश्व र्याङकिङमा प्रवेश गर्दा त्रिवि ८०० देखि १००० को समूहमा रहेको थियो। सन् २०२० मा १००० मा पुगे पनि २०२१ र त्यसपछिका २०२२ मा पुनः ८०१ देखि १००० को समूहमा फर्किएको थियो। २०२३ सम्म यही समूहमा रहेको त्रिवि २०२४ मा १२०१–१५०० मा झर्यो। त्यसपछि २०२५ मा १५०१ मा पुग्यो र २०२६ मा पनि त्यही समूहमा रह्यो। ३० सेप्टेम्बर २०२६ मा प्रकाशित पछिल्लो २०२७ को र्याङकिङमा त्रिविको वरीयता झनै खस्केर १८०१– २००० को समूहमा पुगेको छ।विश्वविद्यालयका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले यसअघि एक हजार वा सोभन्दा राम्रो ६०० देखि ८०० को हाराहारीमा स्थानमा रहेको त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ, विज्ञान तथा प्रविधिलगायतका फ्याकल्टी तथा इन्स्टिच्युटहरूको र्याङकिङ हाल हजारको हाराहारीमा रहेको बताउनु भएको छ ।






