बारा/
निजगढ नगरपालिका १२ रामथली बस्ने ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४७ वर्षीया सुकुमाया मोक्तानलाई श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ। कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधी उपचार गराइएको थियो। राति ८ बजे खाना खाएर सुतेकी सुकुमायालाई आज बिहान ४ बजे उनका श्रीमान् विजयले उठाउन खोज्दा नउठेपछि मृत्यु भएको जानकारी प्रहरीलाई गराइएको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ। घटनामा संलग्न विजय मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






