काठमाडाैं/
नेकपा एमालेले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा जारी स्थायी कमिटी बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको नेता लेखराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेले वडा र पालिकाको अधिवेशन गर्ने समेत निर्णय गरेको छ। जसमा वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ मा गर्ने निर्णय गरेको नेता भट्टले जानकारी दिए।उनका अनुसार पार्टीले त्यसपछि प्रदेश स्तरीय भेला पनि आयोजना गर्नेछ। आजको बैठकको प्रारम्भमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनित हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । बैठकले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ ।






