काठमाडौँ/
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र उनका केही आफन्तलगायको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । विभागको टोलीले आज दिउँसो काठमाडौं बाँसबारीस्थित चोलेन्द्रको घरमा छापा मारेको हो । त्यसअघि विभागको टोलीले चोलेन्द्रका भाइ प्रभु शमशेर राणा, ज्वाईँ पर्ने नवीन बस्नेत, नवराज थपलिया, दीपक तिमिल्सिना र नारायण दाहालको घरमा पनि छापा मारेको बुझिएको छ ।राणाका अरु केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको थियो । छापा मारिएका घरहरुबाट महत्वपूर्ण कागजात फेला परेको दाबी पनि विभागको छ ।पूर्व प्रधानन्यायाधीश राणा सरकार विरुद्धको साँठगाँठमा लागेको आरोपमा प्रहरीले केही दिन अघि राणालाई पक्राउ गरेर केही घण्टा हिरासतमा राखेको थियो ।






