काठमाडौँ/
ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत एसीईओ पदमा बुद्धि अकेला बढुवा भएका छन्। उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए। अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन्।आफ्नो लामो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षण जस्ता प्रमुख विभागहरूमा कुशलतापूर्वक जिम्मेवारी सम्हालि सकेका छन्। हाल उनी बैंकको प्रमुख जोखिम अधिकृत ९सीआरओ० को जिम्मेवारीमा कार्यरत थिए।






