काठमाडौं /
सार्वजनिक खरिद कानुन विपरीत राज्यको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ । धनुषाको धनौजी गाउँपालिकामा आ.व. २०७७/०७८ मा डिप बोरिङ जडानलगायतका योजनाहरूको खरिद कार्यमा फर्जी पत्रिका समावेश गरी धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, सोही गाउँपालिकाका सह–लेखापाल बिनोद कुमार मण्डल, जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृज कुमार यादव, जनकपुरटुडे मिडिया ग्रुप प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव, अमृत मिडिया प्रालिका प्रतिनिधि संजय कुमार यादवल मुद्दा दायर गरिएका प्रतिवादी रहनु भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेतको मिलेमतोमा सूचना नै प्रकाशन नगरी सार्वजनिक खरिद कानुनको उल्लङ्घन गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।






