काठमाडौं/
दसैँ, तिहारलगायतका ठुला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ।चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आ–आफ्नो स्थायी घर फर्किनेक्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौँलाका अनुसार चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप थप बढ्न थालेको छ । उहाँले उपत्यकाबाट देशको विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त सवारीसाधन सञ्चालनको तयारी गरिएको छ।चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारीसाधनको अवस्था, भाडादर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमनसमेत बढाएका छन् । यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट टिकट लिन आग्रह गरिएको छ ।






