मुगु/
जडीबुटी संकलन गर्न गएका मुगुका थप एक जनाको शव भेटिएको छ। मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपुका ३६ वर्षीय अंख रोकायको शव हुम्लाको चंखेली गाउँपालिका–२ सानो मिमि र मुगुको मुगुम कार्मारोङ गाउँपालिका–७ को सीमामा पर्ने तामाखानी लेकमा फेला परेको प्रहरीले जनाएको छ।प्रहरी चौकी छाइलबाट खोज तथा उद्धारका लागि खटिएको तीन जनाको प्रहरी टोलीसँग बुधबार बिहान करिब ७ बजे सम्पर्क भएपछि रोकायको शव फेला परेको जानकारी आएको हो। घटनास्थलमा नेपाल प्रहरीका तीन, सशस्त्र प्रहरीका पाँच र स्थानीय बासिन्दा १४ गरी २२ जना खोज तथा उद्धारमा खटिएका छन्।रोकायसँगै जडीबुटी संकलन गर्न गएका सोही गाउँका ३६ वर्षीय ललितजंग बढुवाल भने अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।






