झापा/
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।अध्यक्ष ओलीले बस्नेतको निधनको दुःखद खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।अध्यक्ष ओलीले लामो जेलजीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै बस्नेतलगायतका योद्धाले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि सङ्घर्ष गरेको स्मरण गर्नुभएको छ । ती कष्टपूर्ण दिनहरू आफूले सम्झिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।अध्यक्ष ओलीले बस्नेतको सङ्घर्ष र योगदान नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण भइरहने उल्लेख गर्नुभएको छ ।






