पर्सा/
पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा गत आइतबार घरमा भएको चोरी र एक महिलाको हत्यामा संलग्न तीन जना युवक पक्राउ परेका छन्।धोबनीका श्रीनिवास साह तुराहाको घरमा गत आइतबार राति नगद रकम र गरगहना चोरी हुनुका साथै उनकी पत्नी ६२ वर्षीया लखरजिया देवीको हत्या भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धोबिनी गाउँपालिका–५ धोबिनीकै १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय राज कपुर बैठा र १८ वर्षीय रामु पासवानलाई पक्राउ गरेको हो।गत आइतबार राति दुई तल्ले पक्की घरको दोस्रो तल्लाको कोठामा लखरजिया देवी र पहिलो तल्लाको कोठामा श्रीनिवास सुतेका थिए। सोमबार बिहान लखजरिया देवी सुतेकै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् भने उनि सुतेको कोठाभित्र रहेको दराज र बाक्सा फोडेर नगद रकम र गरगहना चोरी भएको थियो ।






