काठमाडौं /
भारतमा बालबालिकामा मोटोपनको समस्या तीव्र गतिमा बढिरहेको छ। स्वास्थ्य विज्ञले यसलाई भविष्यको गम्भीर चुनौतीका रूपमा लिइरहेका बेला जंक फुड बेच्न रोक लगाउने तयारी भारतको गरिएको छ। यस प्रस्तावको सबैभन्दा ठूलो असर विद्यालय वरपर रहेका साना किराना पसल, रेस्टुरेन्ट र अन्य पसलमा पर्न सक्छ। ती पसलमा प्रायः चिसो पेय पदार्थ कोल्ड ड्रिंक्स, चिप्स, चकलेट, बर्गर, पिज्जा र समोसाजस्ता खानेकुराहरू बिक्री गरिन्छन्, जुन बालबालिकाले निकै मन पराउँछन्।यदि प्रस्तावित नियमहरू लागू भएमा त्यस्ता उत्पादनको बिक्री सीमित हुनेछ, जसका कारण साना व्यापारीहरूको आम्दानीमा असर पर्ने आशंका गरिएको छ। सन् २०२० मा पहिलोपटक प्रस्ताव गरिएको यो कानुन हालसम्म लागू भएको छैन र यसका लागि कुनै निश्चित समयसीमा पनि तोकिएको छैन।देशभर चलिरहेको खाद्य सुरक्षा अभियानका क्रममा सम्बन्धित निकायले अगस्ट महिनामा बोसो, नुन र चिनीको मात्रासम्बन्धी यस्तो सीमा तोकेको छ, जसअनुसार तोकिएको मात्राभन्दा बढी भएमा विद्यालयपरिसरभित्र र वरपर त्यस्ता उत्पादनको बिक्रीमा रोक लाग्नेछ।






