काठमाडौं/
कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका खोलिएको छ । आज दिउँसो कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक पानी मापन भएको छ । यो खतराको सङ्केत हो । कोशी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रहरीका अनुसार, अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ । यद्यपि अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक माथि बाढी मापन भएको थियो । प्रहरीका अनुसार, कोशी पुल भएर चल्ने सवारी साधन भने रोकिएको छैन ।






