काठमाडौं/
राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा अवलोकन गर्न वसन्तपुर पुग्नु भएको छ। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुग्नु भएको हो। उहाँलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, सांसद, प्रहरी प्रमुख, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी हुनुहुन्छ ।






