काठमाडौं/
पाकिस्तानका ३६ वर्षीय अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन् । तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको एनपीएलको टोली जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत जनाएको छ । जनकपुर पहिलो संस्करणको विजेता हो ।इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ अर्धशतकसहित ९९८ रन बनाउनुका साथै ८ विकेट लिएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा ३२९ खेलमा १ शतक र ३५ अर्धशतकसहित ६ हजार १९६ रन बनाउनुका साथै ९७ विकेट लिएका छन् ।इफ्तिखारसँग क्यारेबियन प्रिमियर लिग ९सीपीएल, पाकिस्तान सुपर लिग ९पीएसएल०, बङ्गलादेश प्रिमियर लिग ९बीपीएल० जस्ता टी–२० लिग खेलेको अनुभव छ ।एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाडीहरू अनुबन्ध गरिरहेका छन् ।






