बीबीसी/
राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफल आउँदो मंगलवारदेखि शुरु हुँदैछ । इरानका राष्ट्रपति मसुद पेजेस्कियन र विदेशमन्त्री अब्बास अराघचीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने भएको छ ।अमेरिका र इरानबीच युद्ध शुरु भएको सातौँ महिना प्रवेश गर्न लागेका बेला अमेरिकाले इरानी अधिकारीलाई महासभामा सहभागी हुन अनुमति दिएको बीबीसीले जनाएको छ । तर, इरानी प्रतिनिधिमण्डलमाथि अमेरिकामा आवतजावतसम्बन्धी प्रतिबन्ध भने कायम रहनेछ । उनीहरूलाई विलासी तथा अन्य अमेरिकी सामान खरिद गर्न पनि रोक लगाइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।गएको वर्ष पनि इरानी कूटनीतिज्ञमाथि अमेरिकामा विभिन्न खरिद प्रतिबन्ध लगाइएको थियो । अमेरिका र इरानबीचको युद्धका कारण विश्वव्यापी ऊर्जा बजारमा समेत असर परेको छ भने द्वन्द्व छिमेकी देशमा समेत फैलिएको छ । युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ ।






