काठमाडौं /
नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ ।नेपाल आज आफ्नो पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।कोमाकी आइचीमा भएको उक्त खेलमा जापानले नेपाललाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–११ अङ्कले पराजित गरेको हो ।समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेल बिहीबार इन्डोनेसियाविरुद्ध खेल्ने छ । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एसियाली खेलकुद खेलिरहेको छ ।यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा महिला भलिबल टोलीले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो ।






