काठमाडौं/
एनपिएलको तेस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरु हुँदै छ । पहिलो र दोस्रो संस्करण अत्यधिक रूपमा सफल भएपछि नेपाल क्रिकेट सङ्घ ९क्यान० समक्ष तेस्रो एनपिएल अझ बढी उत्कृष्ट गर्ने ठुलो चुनौती तेर्सिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभएको छ । विगतकै आठ फ्रेन्चाइज टोली टिम च्याम्पियन लुम्बिनी लायन्स, पछिल्ला दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् । सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एक से एक टिम तयार पारेका छन् ।क्यानका सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले पनि आइसिसी मान्यता भइसकेपछि करिब एक महिना हुने एनपिएललाई सफल बनाउन सबै सरोकारवालाको जिम्मेवारी अझ बढेको बताउनु भएको छ। । यसपालि आइसिसीको आधिकारिक मान्यता, डिआरएस प्रविधिको पहिलो पटक प्रयोग, विदेशी खेलाडीको अनुबन्धमा थप सहजताका साथै स्टार क्रिकेटरहरूको जमघट र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिले एनपिएलको चर्चा थप चुलिएको छ ।






