ललितपुर/
पाटन दरबार क्षेत्रको प्रसिद्ध कात्तिक डबलीमा यस वर्षको ऐतिहासिक कार्तिक नाच कात्तिक २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ।
नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार यो नाच १२ दिनसम्म हरेक साँझ ७ बजेदेखि प्रदर्शन हुनेछ।यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले नेपाल संवत् ७६१ ९वि।सं। १६९७० मा देश र जनताको कल्याणका लागि सुरु गरेका थिए। सुरुमा ५ दिन मात्र हुने यो नाचलाई पछि श्रीनिवास मल्लले १५ दिनसम्म विस्तार गरेका थिए।भगवान विष्णुका १७ वटा कथामा आधारित यो नाचलाई संसारकै सबैभन्दा लामो नाट्य महोत्सव पनि मानिन्छ। पहिले मैथिली भाषामा हुने संवाद अहिले नेपाल भाषामा हुने गरेको छ।आयोजकका अनुसार कलाकारलाई उचित पारिश्रमिक दिन नसक्नु, नयाँ पुस्तामा नेपाल भाषाको ज्ञान घट्दै जानु र आर्थिक अभावका कारण यो नाच अहिले १०(१२ दिनमा सीमित भएको छ। संरक्षणका लागि १० करोडको अक्षयकोष बनाउने योजना छ।






