एजेन्सी/
इरानले हर्मुज जलमार्गमा ७ वटा तेल ट्यांकर जहाजमा आक्रमण भएको दाबी गरेको छ।इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका अनुसार बिहीबार राति उत्तरी पर्सियन खाडीमा तेल ट्रान्सफर गरिरहेका ४ वटा जहाजमा आक्रमण हुँदा आगलागी भएको छ भने हर्मुजको पश्चिममा ३ वटा जहाज नौसेना माइनमा ठोकिएर क्षतिग्रस्त भएका छन्।क्ष्च्न्ऋ ले यो फेब्रुअरी २८ मा अमेरिका(इजरायल र इरानबीच युद्ध सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै जहाजमा आक्रमण भएको घटना भएको दाबी गरेको छ।तर, यो दाबी अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि भएको छैन। बेलायतको समुद्री व्यापार निकाय ९ग्प्ःत्इ० ले यसबारे कुनै रिपोर्ट जारी गरेको छैन। जहाज कुन देशका हुन् र मानवीय क्षति भयो कि भएन भन्ने पनि खुलेको छैन।इरानले यससँगै अमेरिकालाई कडा चेतावनी पनि दिएको छ। यदि अमेरिकाले हर्मुजमा जहाजहरुलाई एस्कर्ट गर्ने काम जारी राख्यो भने मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण गर्नेछौं उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको दाबीलाई खारेज गरेका छन्।






