रोयटर्स/
यमनको अन्तरिम राजधानी एडेनस्थित अल-मासिक राष्ट्रपति दरबारमा हुथी विद्रोही समूहले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। बिहीबार दिउँसो ५ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार हुँदा दरबार परिसरमा ठूला विस्फोट भएका थिए। स्वास्थ्य मन्त्री कासिम बुहैबेहका अनुसार मृत्यु हुनेमा सुरक्षाकर्मी र कर्मचारी छन्।आक्रमणका बेला प्रधानमन्त्री शाया अल-जिन्दानी र मन्त्रिपरिषद सदस्यहरु भवनभित्रै भए पनि सकुशल रहेको सूचना मन्त्रीले जनाएका छन्। हुथी प्रवक्ता याह्या सारीले भने आफूहरुले साउदी सैन्य अपरेसन मुख्यालयलाई निशाना बनाएको दाबी गरेका छन्।सन् २०१४ देखि गृहयुद्धमा फसेको यमनमा गत जुलाईदेखि युद्धविराम भंग भएपछि लडाइँ फेरि चर्किएको छ। यो एडेनको राष्ट्रपति दरबारमा भएको पहिलो आक्रमण हो।






