काठमाडौं/
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न भएको छ ।कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार ९आज बिहान सकिएको छ ।मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै यही असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी भएको छ ।अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा गरिएको थियो । १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिनुभयो । कटुवालका अनुसार गणना सुरू भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सिर्जना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उहाँको भनाइ छ ।






