उदयपुर/
काठमाडौंबाट धरानतर्फ आउँदैगरेको बाप्र ०१–००६ ख ८५२२ नम्बरको बस अनियन्त्रित भइ उदयपुरको त्रियुगा नपा वडा –७ कालीखोला सुर्केस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटना भएको छ। दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार बस चालक जिल्ला ओखलढुङगा चम्पादेबी गापा वडा नं १० बस्ने वर्ष ३० को सुमन खत्रीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ। दुर्घटनामा घाइते हुनेहरुमा जिल्ला खोटाङ् हलेसी तुवाचुङ नपावडा नं ९ बस्ने वर्ष ४५ कि जिना राई, संखुवासभा गोठखोला गापा वडा –४ बस्ने वर्ष ३९ कि छिजी शेर्पा र ४० वर्षको निजको श्रीमान् निङमा शेर्पा यसैगरी सुनसरी भोक्रा नर्सिङ नपा वडा ४ बस्ने वर्ष ४० की माया भुजेल र निजको छोरा वर्ष ९ को सक्षम भुजेल, पाँचथर फालेलुङ गापा वडा नं ३ बस्ने वर्ष ३६ को बिरेन्द्र थाम्सुहाङ, ओखलढुङ्गा लिखु गापा वडा नं ३ बस्ने बर्ष ३२ को धनबहादुर जोगी, उदयपुर चौदण्डीगढी नपा वडा नं १ बस्ने बर्ष २७ की बिमला नेपाली हुनुहुन्छ।त्यस्तै, खोटाङ चिसापानी गापा वडा ३ बस्ने बर्ष २३ कि कमला बस्याल, सङ्खुवासभा धर्मदेबि नपा वडा ८ बस्ने वर्ष २२ की पबित्रा कटवाल, काठमाडौ शंखरापुर नपा वडा ९ साखु बस्ने बर्ष ३५ कि लुना कार्की र निजको छोरा वर्ष ९ को आगमन कार्की, खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नपा वडा नं २ बस्ने बर्ष ७० कि पदमकला राई, जिल्ला मोरङ बेलबारी नपा वडा ६ बस्ने अन्दाजी वर्ष २१ कि भूमिका कार्की र धनकुटा पाख्रिबास गापा वडा नं ५ बस्ने ३५ कि मन्दिरा तामाङ हुनुहुन्छ।






