काठमाडौं/
देशका विभिन्न भूभागमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकाले असहज परिस्थितिलाई मध्यनजर गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीको टीका र जमरा सर्वसाधारणलाई नलगाउने भएका छन्। संवाद सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गत भदौ महिनामा आएको हिमपहिरो तथा भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको र सयौँ नागरिकले ज्यान गुमाउनुका साथै ठूलो मात्रामा भौतिक सम्पत्तिको अपूरणीय क्षति भएकाले दशैं पर्व सादगीपूर्वक मनाउने निधो गरेको जनाइएको छ।






