काठमाडौं/
शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्द्धनमा पुर्याएको योगदानका लागि यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद् नवनीतम नवी पिल्लेलाई प्रदान गरिने भएको छ ।उहाँलाई सम्मानित गर्न लागिएको नोबेल समितिले जनाएको छ ।पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको हो ।पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत ९आईसीसीमा न्यायाधीशका रूपमा सेवा गर्नुभएको छ ।पिल्ले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्त पनि हुनुभएको थियो । उहाँले त्यो पदमा रहँदा सन् २००९ मा नेपालको पनि भ्रमण गर्नुभएको थियो ।






