काठमाडौं/
अदृश्य शक्तिको इसारामा कांग्रेस पार्टीलाई विभाजन गर्ने कोशिश भइरहेको नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले बताउनु भएको छ । बिहीबार काठमाडौंमा काठमाडौं महानगर अधिवेशन उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर र विभाजित अदृश्य शक्ति सक्रिय रहेको भन्दै उनीहरूको स्वार्थ पूरा हुन नदिने दावी गरे ।उहाँले कांग्रेसको इतिहास,विधान र स्थापित परम्परा विपरीत कसैले पनि कार्य गर्न नहुनेमा जोड दिनुभयो।गल्ती गर्नेहरूलाई ढाकछोप गर्ने वा झन् प्रोत्साहन गर्ने परिपाटी गलत भएको भन्दै उनले बेथिति र गल्तीलाई सच्चायाएर सही बाटोमा ल्याउनुपर्ने आवश्यकता रहेको धारणा राखे। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व र केन्द्रीय कार्यसमितिले विधान र नियम अनुसार नै आवश्यक निर्णयहरू गर्दै अगाडि बढ्ने उहाँले बताउनु भएको छ ।






