काठमाडौं/
अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि काबारही प्रक्रिया सरकारले बढाएको छ । बिहीवार त्रिभूवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले त्रिभूवन विश्वविद्यालयबाट अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।उहाँले सम्पर्कमा नआएका र प्रक्रियामा सहयोग नगरेका प्राध्यापकको हकमा भने थप कारबाहीका लागि केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीतथा सम्बन्धित निकायमा लेखी पठाउन समेत निर्देशन दिनुभयो । उहाँले त्रिभूवन विश्वविद्यालय ९त्रिवि०का अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई समेत प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।मन्त्री पोखरेलले अध्ययन बिदाको दुरुपयोग गरेका प्राध्यापक एक महिनाको समयसीमाभित्र सम्पर्कमा नआए थप कारबाहीका लागि प्रतिवेदनसहित सिआईबीमा पठाउन निर्देशन दिनुभयो ।






