काठमाडौं/
बन्दसत्र वर्षाका कारण काठमाण्डौको खुलामञ्चमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रभावित भएको छ ।पूर्वनिर्धारित समयअनुसार बिहान साढे १० बजे बन्दसत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो ४ बजेदेखि शुरू हुने भएको छ ।कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका अनुसार बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनात्मक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । यी सबै प्रतिवेदन पारित भएपछि सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने र बन्दसत्रको औपचारिक कार्यसूची समापन हुनेछ ।आजको बन्दसत्रको सम्पूर्ण कारबाही कांग्रेसको आधिकारिक फेसबुक पेज र अन्य सञ्चारमाध्यमहरूबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ ।






