एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाण्डौमा हुँदैछ । नेपाल प्रिमियर लिग ९एनपीएल०को तेस्रो संस्करणका लागि काठमाण्डौ कीर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरु हुन झण्डै तीन हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो दशैँसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ । विगत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढाउने, प्रवेशद्वार तथा आवतजावत व्यवस्थित गर्ने र शौचालय तथा धुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको हो ।मुख्यपर्व दशैँ–तिहारकाबीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो ‘फ्यान बेस’ का कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ । विदेशी चर्चित खेलाडीको सहभागिताले एनपीएलप्रति आकर्षण थप बढ्ने अपेक्षा गरिएको क्यानका सचिव खड्काले बताउनु भयो ।





