काठमाडौं/
हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा काठमाडौं उपत्यकासहित देशको विभिन्न क्षेत्रमा बुधबार भइरहेको छ । मौसमविद्का अनुसार मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले आगामी तीन दिनसम्म मौसम स्थिर नहुने जानकारी दिनुभयो ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा आज मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेशको केही स्थानमा भारी वर्षासमेत हुनसक्ने उहाँले बताउनुभयो ।आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना छ । धेरैजसो ठाउँमा मध्यम वर्षा हुने देखिन्छ, कतैकतै भारी वर्षासमेत हुन सक्छ” मौसमविद् लामिछानेले भन्नुभयो । विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।






