काठमाडौं/
मलेशियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टमा सूचीकृत २७५ वटा म्यानपावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता ७ दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो । वैदेशिक रोजगार ऐन २०६४ को दफा ३७ बमोजिम निर्देशन दिएको विभागले जनाएको छ ।साथै प्रतिस्पर्धा सङ्कुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यानपावर कम्पनीलाई सचेत गराइएको छ । विभागको निर्देशनप्रति सूचीकृत म्यानपावर व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले आफूहरूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहलमार्फत मलेशिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् ।






