डोलेन्द्र थापा
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्ततः भएको छ। कांग्रेसको इतिहासमा यति धेरै युवा एकैपटक आएको यो नै पहिलो महाधिवेशन हो १४ औं महाधिवेशनमा चिनजान भएका अनुहार त ३० प्रतिशत मात्र होलान्। बाँकी सबै नयाँ युवा र नयाँ अनुहार छन्। २१वर्षदेखि १०१ वर्षसम्मका प्रतिनिधिहरु खुलामञ्चमा भेला भएका छन्। धेरै समयपछि खुलामञ्च कांग्रेस कार्यकर्ताले भरिएको छ। मञ्चभव्य छ। तर मनमा दुई कुरा सँगै छन् ( शंका र उत्साह, एउटा पक्ष अनुपस्थित छ र आएको पक्ष नयाँ नेतृत्वका लागि प्रचारमा व्यस्त छ।यो त्यही पार्टी हो , जसले नेपालको लामो इतिहास बोकेको छ। नेपाली राजनीति परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको पार्टी हो कांग्रेस । आजत्यही खुलामञ्चमा जहाँबाट बिपी, गणेशमान, सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाले जनतालाई आव्हान गर्नु भएको थियो। त्यहीँबाट जनताले प्रश्न गरेका थिए। अब त्यही ठाउँबाट कस्तो नेतृत्व बनाएर कांग्रेस अगाडि बढ्छ भन्ने कुरामा सबैको चासो छ।राजनीतिमा कोही स्थायी साथी र शत्रु हुँदैन। शुभकामना दिन आएका स्वदेशी र विदेशी मित्रहरुले नेपालमा लोकतन्त्रको जरा बलियोबनाउन नेपाली कांग्रेस बलियो होस् भन्ने चाहेका छन्, किनभने एउटा लोकतान्त्रिक पार्टी कमजोर हुँदा के हुन्छ भन्ने कुरा अहिले संसदमा देखिएको छ। परिपक्क राजनीतिज्ञको अनुपस्थितिले संसद बन्धक बनेको छ। संसदको अवहेलना भएको छ।

लोकतन्त्रको प्लेटफर्मभनेकै संसद हो। जहाँ पक्ष र विपक्षले आफ्नो आवाज उठाउने र उत्तर दिने गरिमामय थलो हो। तर अहिले संसद रत्यौली जस्तो बनेकोछ। प्रधानमन्त्री विरलै जानुहुन्छ। अनौपचारिक कुरा गर्दा विपक्ष बन्चरो तातिएको छ। सरकारसँग दुई तिहाइ छ।यतिबेला देशवासी बाढीपहिरोको चपेटामा परेका छन्। हजारौं नागरिक घरबारविहीन बनेका छन्। जलवायु परिवर्तनले हिमालको हिउँ पग्लिन थालेको छ। यस्ताधेरै राष्ट्रिय मुद्दा छन् जसलाई राष्ट्रिय मञ्चमा उठाउनुपर्ने छ।दल र प्रधानमन्त्रीबीच संवाद छैन कोशीमा बाढी आउँदा छिमेकी मुलुकलेू गर्छौं भन्दा पनि सरकारले म नवीय क्षतिको अनुमान नै नगरी आउन दिएन। नागरिकहरु आफन्त बच्थे कि भनेर त्यति बेला सहयोग लिएको भए भन्दै गुनासो गरिरहेका छन्। समाजिक सञ्जालमा मात्र सरकारको पहुँच, जनतासम्म पुग्न सकेको छैन। अबबन्ने कांग्रेसको नयाँ नेतृत्वले कस्तो नीति र कार्यक्म तय गर्छ भन्नेमा जनता प्रतिक्षामा छन्।
महाधिवेशनले जवाफ दिनुपर्छ, किनकिकांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ। र लोकतन्त्र कमजोर भयो भने देश कमजोर हुन्छ।नेपाली कांग्रेसले अब नेतृत्व छान्दा राम्रोसँग चिन्तन गर्न जरुरी छ।न्भल(श् उमेरका भाइबहिनीलाई राजनीतिमा प्रोत्साहन दिनुपर्छ। कांग्रेसको इतिहासबाट शिक्षा लिँदै नयाँ नेतृत्व जन्माउनुपर्छ।आज नेपाली कांग्रेस ूफलामको चिउराू जस्तो भएको छ। विगतमा सिट नपाउँदा वा कांग्रेसको भरपूर अवसर लिएर अर्को पार्टीमा जानेहरुको पनि त्यत्तिकै भिड छ। , बिपीको फोटो छातीमा राखेर भोट हाल्ने जमात पनि यही महाधिवेशनमा छ।





